३० चैत, बाँके । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दिउँसो दुई बजे पार्टी कार्यालय सानेपामा बस्दै छ ।
केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल अनुसार बैठकमा आगामी भदौमा तय भएको चौधौं महाधिवेशनबारे छलफल गरिनेछ । साथै समसामयीक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
आइतबार बसेको पदाधिकारी बैठकले आजको बैठकमा क्रियाशील सदस्यता वितरण, नवीकरणका काम र समायोजनबारे छलफल गर्ने तय भएको नेताहरूले बताएका छन् ।